Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध उजुरी आह्वान


    मंगलबार, चैत्र २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।

    समितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने सूचना प्रकाशित गरेको हो ।

    उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।

    उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१-४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने इमेल ठेगाना parl_hearing@parliament.gov.np मा पनि उजुरी दिन सकिने जनाइएको छ ।

    यसअघि सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । त्यस्तै आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार