Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति, यमलाल कँडेल मुख्यमन्त्री निश्चित


    मंगलबार, चैत्र २० २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कर्णाली । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ ।

    नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता समीकरणको सहमतिअनुसार पहिलो चरणमा एमालेलाई दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए ।

    मुख्यमन्त्री राजकुमार शर्माले  आज विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा आज पत्र दर्ता गराइसकेका थिए ।  मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि  कर्णालीमा अन्योलता बढेको छ ।

    सत्ता गठबज्धनको निर्णयसँगै अब कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यमलाल कँडेल हुने निश्चित जस्तै छ । यसअघि २०७४ को प्रदेशसभामा पनि कँडेल झन्डै मुख्यमन्त्री भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार