Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य


    आइतबार, बैशाख १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गतको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

    आइतबार दिउँसो नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरी मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका छन् । सोही अनुसार प्रदेश प्रमुख परियारले हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

    चालु अधिवेशन अन्तर्गत अहिलेसम्म १५ वटा बैठक बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार