Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेपाललाई ६० लाख डोज कोरोना खोप उपलब्ध गराउने कोभ्याक्सकाे प्रतिबद्धता


    मंगलबार, मंसिर २ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा काेराेना भाइरसकाे खाेप पहिलाे चरणमा ६० लाख डाेज आउने भएकाे छ ।

    विश्वभर खतरनाक रोगविरुद्ध बालबालिकालाई खोप लगाउँने संस्था गाभी र खोप विकास, उत्पादन र विश्वव्यापी रूपमा समानुपातिक वितरणको अभियान कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा पनि नेपाललाई ६० लाख डोज दिने प्रतिबद्धता जनाएको हो।

    कोभ्याकसले राष्ट्रप्रमुखलाई पत्र लेखेर उक्त प्रतिबद्धता जनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले केही समयअगाडि कोभ्याक्सले खोप बनेको खण्डमा ६० लाख डोज उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन् ।

    २०१९ बाट विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे अहिलेसम्म कुनैपनि औषधी तथा खाेप बनेकाे छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार