Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विष खाएर युवतीले गरिन् आत्महत्या


    मंगलबार, मंसिर २ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् ।

    सल्फास नामक विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी यादवको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

    यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार