Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घन्टामा २८७८ जना कोरोना संक्रमित डिस्चार्ज


    मंगलबार, मंसिर २ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    यो सँगै नेपालमा  १ लाख ७९ हजार २ सय ४२ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    नेपालमा १६ लाख १७ हजार २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

    मन्त्रालयका अनुसार १००३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३० हजार ९ सय ८६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार