Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • हाेटलबाट ६ लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ


    मंगलबार, मंसिर २ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ६ लाख रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले सोमबार साँझ रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ माझगाउँस्थित एक होटलबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बुटवल–४ बस्ने होम क्षेत्री, बुटवल–११ का राजेश रसाईली, धीरज प्रधान, कुशल थापा, आकाश खत्री र बुटवल–९ का संविधान खत्री रहेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

    होटल होन्डामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा होटलमा छापा मार्दा ६ जना पक्राउ परेको खत्रीले जानकारी दिए । उक्त होटलमा संगठित ढंगले जुवा सञ्चालन भइरहेको सूचना प्रहरीलाई एक साताअघि आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार