Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ


    सोमबार, मंसिर १ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । 

    थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

    प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका–४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । 

    रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार