Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सीआईबीमा इन्स्पेक्टरहरूको हेरफेर, को को भित्रिए, को को बाहिरिए ?


    मंगलबार, चैत्र १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा प्रहरी निरीक्षकहरुको फेरबदल भएको छ । अघिल्ला प्रमुख एआईजी किरण बज्राचार्यको टीममा रहेका ४ प्रहरी निरीक्षकलाई सरुवा गरेको छ ।

    बज्राचार्यको कार्यकालमा कार्यरत प्रहरी निरीक्षकहरु सुरेश खत्री, रञ्जित लामा, कृष्ण श्रेष्ठ र वकिल सिंहलाई प्रहरी मुख्यालय र पहरा गणतिर सरुवा गरिएको छ । सीआईबीको प्रमुखका रुपमा आएका एआईजी श्यामलाल ज्ञवालीले पुरानालाई सरुवा गरी इन्स्पेक्टरहरु राजु अधिकारी र गजेन्द्र रावललाई ल्याएका छन् ।

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा सीआइबीको नेतृत्वले नै सुन तस्करी प्रकरणमा दोषीलाई उन्मुक्ति दिएकाले विभागीय कारबाही गर्न सिफारिस गरिएपछि एआईजी बज्राचार्य, डीएसपीद्वय रुगमबहादुर कुँवर, दुर्गा दाहाल र तत्कालीन एसपी संजयसिंह थापा(हाल नुवाकोटका एसपी)लाई कारबाही सिफारिस गरेको छ ।

    आयोगको प्रतिवेदन आउनासाथ एआईजी बज्राचार्य प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेकी छन् भने डीएसपीद्वय कुँवर र दाहाल तानिइसकेका छन् । एसपी थापा पनि नुवाकोटबाट तानिइसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार