काठमाडौं । लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी) ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ।
काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८-२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए।
यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) ले तेस्रो स्थान हासिल गरेको छ। साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो।
महासचिव पौडेलका अनुसार उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाईसी) ले शिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ। यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) ले २० हजार रुपैयाँ, मेडल पुरस्कार प्राप्त गरेका छन्।
रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्ला भरिबाट १७ टोलीले सहभागिता थियो। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउट प्रतियोगिता शनिबार र आइतबार सञ्चालन गरिएको थियो। रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो।
विजेता टोली र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ ९नेकोस० बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रथम संस्करणमा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले उपाधि जितेको थियो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend