काठमाडौं । सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छन् ।
उनले फिल्मको नाम सोचिरहेको बताइन् ।
नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिुन् ।
मेरो अझै दर्बिलो उपस्थिति हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् ।
रेखा थापा वैशाखको १८ गते अमेरिकाबाट नेपाल फर्किदैछिन् ।
उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ ।
फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।
फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् ।
फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।
रेखा थापा अमेरिकामा गएर छोरी जन्माएको बिषयमा उनको पार्टी राप्रपाभित्रै चर्को आलोचना भएको थियो । राप्र्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै थापा बच्चा जन्माउन अमेरिका गएको भन्दै सार्वजनिक रुपमा ब्यंग्यात्मक अभिब्ब्यक्ति दिएका थिए । त्यसको जवाफमा रेखाले लिङ्देनले पनि अमेरिकामा छोरी पठाएको भन्दै फिर्ता गर्न चुनौती दिएकी थिइन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend