Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडाैं उपत्यकामा थपिए ८ सय ७ कोरोना संक्रमित


    आइतबार, कार्तिक ३० २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ३५२ महिला र ४५५ पुरुष गरी ८०७ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

    देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् ।

    त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ४७६ पीसीआर परीक्षण भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार