Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नितिश कुमारले भोलि विहारको मुख्यमन्त्री पदको शपथ लिने


    आइतबार, कार्तिक ३० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले भाेलि विहारको मुख्यमन्त्री पदकाे शपथ ग्रहण गर्ने भएका छन् ।

    आइतबार नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरिए पछि उनले बिहारका राज्यपालसँग भेटवार्तासमेत गरेका छन् । उनलाई राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले आइतबार नै विधायक दलको नेताको रुपमा चयन गर्ने निर्णय गरेकाे हाे ।

    एनडीएको नेतामा चुनिएसँगै उनले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताहरुको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताएका थिए ।

    उनले भने, ‘एनडीएको बैठकले मलाई फेरि एकपटक आफ्नो नेता चयन गरेको छ । महामहिम राजय+-पाललाई हामीले पत्र पठाएका छौँ । उहाँले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गर्नुभएको छ । भोलि कस–कसले शपथ लिनेछन् भन्ने कुराको निर्णय हुन बाँकी छ ।’

    सोमबार उनले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । बीबीसीबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार