Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय २१ पुग्याे


    आइतबार, कार्तिक ३० २०७७
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १३ जना संक्रमितको मृत्यु भएको थियो। 

    गत २४ घण्टामा १ हजार ४ सय ७७ भेटिएसँगै संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्। 

    नेपालमा हालसम्म १६ लाख ९ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार