काठमाडौं । माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा रुपन्देहीमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी रुपन्देहीमा पक्राउ परेका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए ।
उनी सोमबार बिहान ९ बजे बर्दघाट क्रस गरेका थिए । बर्दघाट क्रस गरेपछि प्रहरीले गाडी नम्बरसहित कन्ट्रोल रुमबाट सबैतिर सेटमा सन्देश प्रवाह गर्यो । बर्दघाट क्रस गरेपछि प्रहरीको आँखा छल्न उनले तुरुन्त गाडी परिवर्तन गरेका थिए । बर्दघाट पार गरेपछि गाडी परिवर्तन गरेका रुपन्देहीमा पक्राउ परेका हुन् ।रुपन्देहीको कुन ठाउँबाट पक्राउ परेको भन्ने खुलेको छैन । रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरले पक्राउ नभनी होल्ड गरिएको भन्ने घुमाउरो भाषा प्रयोग गरेका छन् ।
बीचमै परासीतिर उनी कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा उनी थिए । बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चियो । गृहमन्त्री लामिछानेले कारबाही गर्न निर्देशन दिएका महरा भारततर्फ जान खोजेको थाहा पाएपछि नवलपरासीका एसपी काजीकुमार आचार्य नै उनलाई खोज्न परिचालित भएका थिए ।
प्रहरी महानिरीक्षकको सचिवालयबाटै चासो देखाएपछि उनी खटिएका थिए । बर्दघाटमा किन नियन्त्रणमा नलिएर छाडेको, गाडीमा पार हुन लागेको थाहा पाएपछि पनि नम्बर टिपाएर छाडेको बिषयमा सोधीखोजी भएपछि एसपी नै महराको खोजीमा परासीमा तैनाथ भएका थिए । तर महरा भने परासीबाट रुपन्देहीतिर जाने क्रममा पक्राउ परेका छन् ।
गृहमन्त्री लामिछानेले आइतबार गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख महरालाई कारबाही गर्न निर्देशन दिएका थिए । पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा मुछिएका छन् ।
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend