Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले सरकार ढाल्ने योजनामा गृहमन्त्रीमाथि प्रहार गरिरहेको छ : महेश बर्ताैला


    आइतबार, चैत्र ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्राही भएर लागेको आरोप लगाएका छन् ।

    आइतबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गृहमन्त्री लाछिानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाएका हुन् ।

    कांग्रेसले २८ दिनभित्र सरकार ढाल्ने अभिव्यक्ति दिइरहेको बताउँदै उनले सहकारी तथा सुन तस्करी प्रकरणमा दोषी देखिएकालाई कारबाही हुने दाबी गरे ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुने दाबी गर्दै उनले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार