Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सीके राउतका भाइसहित योजना आयोगका ४ सदस्यले राजीनामा दिए


    शुक्रबार, चैत्र २ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

    आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।

    हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् । बुढाथोकी, ढुंगाना र बिच्छा नोपली कांग्रेसको कोटामा नियुक्त भएका थिए । कांग्रेसका मन्त्रीहरु गठबन्धनबाट पदमुक्त भएसँगै उनीहरुले राजीनामा दिएका हुन् । ढुंगाना संसदको सार्वजनिक लेखासमितिका पूर्वसभापति भरत शाहकी श्रीमती हुन् ।

    डा. जयकान्त राउत जनमत पार्टीको कोटामा आयोगमा सदस्य भएका थिए । डा. जयकान्त अध्यक्ष सीके राउतका भाइ हु्न् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार