काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् ।
क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको बताएको छ ।
आईसीसी अध्यक्ष बार्कले मार्च १८ मा काठमाडौँ आइपुग्ने छन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने छन् । साथै आफ्नो भ्रमणको क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्री लगायतका प्रमुख व्यक्तिहरूसँग भेटवार्ता गर्ने भएका छन् ।
आफ्नो नेपाल भ्रमणको बारेमा बोल्दै आईसीसी अध्यक्ष बार्कले भने- ‘नेपाल क्रिकेट संघ (क्यान) टोलीले हासिल गरेको प्रगतिलाई प्रत्यक्ष रूपमा हेर्न नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । संघले सहभागिता बढाउन र यस क्षेत्रमा खेलको लोकप्रियता र समर्थनलाई अगाडि बढाउन काम गरेको छ। सफलताका कथाहरू आउँदो महिनाहरूमा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी पुरुष टी-२० विश्वकपका लागि वरिष्ठ पुरुष टोलीको छनोटको रूपमा प्रकट हुन थालिसकेका छन् ।’
उनले अगाडी भनेका छन्- ‘हामी २०२७ मा आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजक नेपाललाई हेर्दै गर्दा, म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियममा सुविधाहरूको भ्रमण गर्न उत्सुक छु ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमण बारे भने- ‘हामी आईसीसी अध्यक्षलाई स्वागत गर्न तत्पर छौं र फलदायी बैठकले नेपालमा क्रिकेटको भविष्यलाई आकार दिने विश्वास लिएकोमा आशावादी छौं । यो भ्रमणले नेपालको क्रिकेट सम्भाव्यतालाई आईसीसीले मान्यता दिएको मात्र होइन, हाम्रो राष्ट्रमा क्रिकेटको विकासलाई अघि बढाउने अर्थपूर्ण छलफललाई बढावा दिने एउटा अनुपम अवसर पनि प्रदान गर्दछ ।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend