भक्तपुर । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित संख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरुको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्व विभाग, विश्वविद्यालयहरु र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए ।
उनले प्राचीन सम्पदाहरुबारे स्कूल कलेजहरुमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरुको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए ।
वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले एक दुई वर्षको अन्तरालमा महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरुको सचेतनाको चिनो भएको बताए ।
यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ ।
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरुको निर्माण पुनर्निर्माण गर्न जोड दिएका थिए । कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताइन् ।
उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताइन् ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त संग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धनमा सबैको साथ रहेको बताइन् । उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताइन् ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ८ सयवर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगढहरु पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend