काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरोले उक्त सेफ्टी ट्याङ्करभित्र लुकाएर राखेको ४७५ बोतल लागूऔषध विईनसिरेक्स(Wincerex)सहित सर्लाहीको हरिवन नगरपालिका-३ का नविन मोक्तानलाई पक्राउ गरेको हो ।
मोक्तानले लागूऔषध ओसारपसारका लागि ना८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्कर प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अवैध लागूऔषधको कारोवार भईरहेको सुचनाको आधारमा व्यूरोको कोटेश्वरबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडा सडक किनारमा रोकी राखेको उक्त सेफ्टी ट्याङ्करसहित मोक्तानलाई पक्राउ गरेको गरेको थियो ।
प्रहरीले उनको साथबाट अबैध लागूऔषध एम्फेटामाईन विईनसिरेक्स ४७५ बोतल बरामद गरेको छ ।
उक्त लागूऔषध सहित पक्राउ परेका मोक्तानलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ब्यूरोले जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend