Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भजन शिरोमणि भक्तराज आचार्यको निधन


    सोमबार, फाल्गुन १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल उनको निधन भएको हो ।

    आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। आचार्य बिगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्। स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

    आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार