Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु


    शनिबार, फाल्गुन १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा टोलमा को.२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका-१ धनपुरी बस्ने १८ वर्षीय तिलक नारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    यता नवलपरासी पूर्वको देवचुली नगरपालिका-१४ छत्तिसघरमा बा.६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका-११ कुडौली बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास हमाल टोलस्थित सडकमा प्रदेश २-०४-००१ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जोग राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार