काठमाडौं। अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। १४ जना घाइते भएका भएका छन्।
घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेका थिए। डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुर्याएर उपचार भइरहेको छ। अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।
चौरपाटी बस्ने ५१ वर्षीय तेजबहादुर रावलले चलाएको से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको थियो। घटनास्थलमा प्रहरी पुगेर घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend