काठमाडौं। गढिमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु भएको हो ।
उनीहरुलाई पचारका लागि सिटीअस्पताल गरुडा लैजाँदा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका हुन् । मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए । बुधबार बिहान ११ बजे सर्लाही बरहथवा नपा १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेको उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।
उक्त ट्याक्टमा १७ जना सवार रहेका थिए । जसमध्य दुई जनाको मृत्यु र ७ जना घाइते भएका छन् । घाइतेमध्य एक जना उपचारपछि घर फर्किएका छन् । बाँकीको उपचार प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई साइड दिने क्रममा ट्याटर बाँधबाट तल खसेको थियो ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend