Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु


    आइतबार, फाल्गुन ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका-९ शंकरपुरमा हिजाे साँझ भएको दुर्घटनमा उनको मृत्यु भएको हाे ।

    मृत्यु हुनेमा से ३ प ९३ न मोटरसाइकलमा सवार गौरीगङ्गा ८ बढैपुरका ३९ वर्षीय गोपी नेपाली हुन् ।

    यात्रु झर्दै गरेको ना ५ ख ९६४६ नम्बरको बसमा ठोकिएर अनियन्त्रित भई सडकमा लडेका नेपालीलाई बसले कुल्चेको थियो । पश्चिम तर्फ जाँदै गरेको ना६ख ७४४३ नम्बरको बसको ठक्करबाट नेपालीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ।

    दुर्घटनाको छानबिनको लागि दुवै बस इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार