Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौती : राष्ट्रपति


    शनिबार, फाल्गुन ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौतीको विषय बनेको टिप्पणी गरेका छन् ।

    आज ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तन लगायतका वातावणीय चुनौतिहरुको शिखरमा उभिएको बताए ।

    राष्ट्रपतिले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौति तथा अवसरलाई सुक्ष्मतम तवरबाट विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म भावि दिशा निर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्ने बताए ।

    मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रुपमा जोडिएको हुने भन्दै पनि नेपालमा पाइने बाघ, गैँडा, हात्ती, हिउँ चितुवा जस्ता ठूला वन्यजन्तुदेखि ससाना वन्यजन्तु सम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भुमिकाबारे जानकार हुन आवश्यक रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार