Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबारदेखि त्रिविको अनलाइन पुनः सञ्चालनमा आउने


    शनिबार, फाल्गुन ५ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको अनलाइन भोलि आइतबारदेखि पुनः सुचारु हुने भएको छ। गत माघ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयले प्रवाह गर्ने सेवाहरू अनलाइनमार्फत थालेको थियो। अनलाइनमार्फत सेवा प्रवाह थालेको भोलिपल्ट नै वेबसाइट ह्याक भएको थियो।

    ह्याक भएर बन्द भएको वेबसाइट माघ २८ गतेदेखि सुचारु भएको थियो। तर, सेक्युरिटी अडिट कार्य गर्न केही थप समय लागेकोले फागुन ६ गते आइतबारदेखि सेवा पूर्ण रूपमा सञ्चालन हुने त्रिविले जनाएको छ। अहिले वेबसाइट सञ्चालनमा आए पनि अनलाइन सेवा प्रवाहको हकमा भने कमिङ सुन भनिएको छ।

    त्यस्तै सेक्युरिटी अडिट नै नगरी अनलाइन वेबसाइट सञ्चालनमा ल्याउँदा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले ह्याक गरिदिएको स्रोतको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार