काठमाडौं । विश्वमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । नेपालमा पनि विद्युतीय सवारी प्रयोग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । पेट्रोलियम पदार्थको खपत घट्ने क्रम जारी रहेको नेपाल आयल निगमले नै बताउँदैआएको छ । यहीक्रमले विद्युतीय सवारी साधन प्रयोग बढ्दै जाँदा पेट्रोल-डिजलबाट चल्ने सवारी घट्दै जानेछन् ।
एकातिर पेट्रोलियम पदार्थमा हुने खर्च कटौती र अर्कोतिर वातावरणीय दृष्टिकोणले पनि विद्युतीय सवारी प्रयोग बढिरहेको छ । विद्युतीय सवारीलाई प्राथमिकता दिनका लागि चार्जिङ स्टेसनहरु खोल्नुपर्नेमा नेपाल प्रहरीले भने पेट्रोल पम्प निर्माणमा २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । ७७ हजार प्रहरीको गाँस काटेर जम्मा भएको कल्याणकारी कोषको रकमबाट पम्प खोल्न लागिएको हो ।
२ महिनापछि ४ बैशाख, २०८१ मा अवकाश हुन लागेकी प्रशासन विभागकी प्रमुख एआईजी मिरा चौधरी र २०८१ भदौमा अवकाश हुन लागेका कल्याण महाशाखाका एसएसपी रेवती ढकालको कुरा सुनेर महानिरीक्षक बसन्तबहादुर कुँवरले हालै पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी)बाट बुटवल तालिम केन्द्र र कोहलपुरमा पेट्रोल पम्प निर्माण गर्ने निर्णय गराएका छन् ।
नेपालमा विद्युतीय गाडीलाई प्राथमिकता दिन चार्जिङ स्टेसनको आवश्यकता छ । प्रहरी भने पेट्रोल पम्प खोल्न किन लागेको हो भनेर पीसीसी मिटिङमा केही एआईजी, डीआईजी र एसएसपीले भने पनि आईजीपी कुँवरले उनीहरुको कुरा सुनेनन् । उनले एआईजी मिरा चौधरीको कुरा सुनेर पेट्रोल पम्प खोल्ने निर्णय गराएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बुटवल र कोहलपुरमा पेट्रोल पम्प खोल्ने प्रक्रिया अगाडि बढेको बताए । उनले भने–पीसीसी मिटिङबाट निर्णय भई प्रक्रिया अगाडि बढेको बताए ।
अवकाशको मुखमा रहेका एआईजी मिरा चौधरी र कल्याणका एसएसपी ढकाल छिटोछिटो पम्प निर्माणको ठेक्का दिने र लाभ लिनतिर लागेको आरोप छ । अवकाशको मुखमा रहेका अधिकृतलाई महत्वपूर्ण जिम्मेवारी दिनु नहुने प्रचलन रहेको छ । तर आईजीपी कुँवरले चौधरी र ढकाललाई प्रहरीको खरिदको सबै पाटो हेर्ने प्रशासन र ढकाललाई कल्याणको डाडुपन्यू सुम्पेकाले उनीहरुले गुमराहमा पारी चार्जिङ स्टेसन खोल्नुपर्नेमा पेट्रोल पम्प खोल्ने निर्णय गराउन सफल भएका छन् ।
आईजीपी कुँवरले यो पाटोको ख्यालै नगरी चौधरी र ढकालको कुरामात्र सुनेको आरोप छ । विद्युतीय सवारीको प्रयोग बढिरहेको पेट्रोल पम्पमा गर्ने लगानी अनुत्पादक हो ।
पम्प खोल्न गरिने २५ करोड कल्याणकारी कोषको रकम अस्पतालको कल्याणकोषमा जम्मा गरी त्यसबाट आउने मासिक २५ लाखको ब्याजको रकमले बहाववाला वा सेवानिबृत्त प्रहरीलाई निःशुल्क औषधि बितरण गर्ने हो भने त्यसले पार्ने सकारात्मक प्रभाव प्रहरीको कामकारबाहीमा देखिनेछ भने भूपूहरुले संगठनको गुणगान गाउनेछन् । त्यो काम गरेको श्रेय संगठनमा सधैं हालका आईजीपी कुँवरले पाउनेछन् । जसरी अस्पताल र स्कुल स्थापना गरेको श्रेय पूर्व आईजीपी डीबी लामाले पाउँदैआएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend