Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओखलढुंगामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु‍‍‍‍‍‍‍‍‍‍‍‍‍


    बिहिबार, फाल्गुन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओखलढुंगामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना हुँदा उनकाे मृत्यु भएको हाे ।

    मृत्यु हुनेमा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईली रहेका छन् । प्रहरीका अनुसार गाडीमा सवार ५ जना घाइते भएका छन् ।

    घाइतेमध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बाताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार