Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँ भन्छन् – मेरो अभियानमा राप्रपाको मान्छे त ल्याउँदिन,तिनीहरूसँग के छ र वार्ता गर्न ?


    बुधबार, फाल्गुन २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनाएको थियो।

    समितिमा डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको आरोप लगाए।

    प्रसाईँले भने, ‘दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो। म एमालेको केन्द्रीय सदस्य छँदै छु नि त्यो भन्दा अलिक गतिलो पार्टी। म राप्रपाका मान्छे त ल्याउँदिनँ भित्रने कुरा नगर्नुस्। हिजो बिहान आएर हात मिलाएर दिउँसो आउँछु भने आएनन्। आन्दोलन बिथोल्न रहेछ। राप्रपासँग मात्रै नभएर ओली प्रचण्डसँग पनि केही नभएर वार्ता गर्नु।’

    उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार