काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिव र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको बताएका छन् ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताउएका हुन्। उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिवद्धता जनाए । उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘‘नि:शुल्क उपचार गरिदिनुप¥यो भन्नेकुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन् । निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो असपतालमा त्यो रकम छ की छैन, त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ । तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो । भाषण गर्दा हामी थाक्दैनौँ । तर त्यो कसरी गर्ने भन्ने थाहा छैन । म आएपछि केही व्यवस्थित गरेका छन् । अस्पताल इक्वीपमेन्टहरु खरिदका लागि सरकारले भन्सार छुट दिएको छ । त्यो सुविधा दिएबापत उहाँहरुले पनि सम्बन्धित अस्पतालहरुले सहयोग गर्नुपर्ने हो, सहयोग गरेको अवस्था थिएन । यसलाई हामीले अलि व्यवस्थित गरेका छौँ ।’’
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend