/fli6«o;ef a}7s
sf7df8f}F, @* c;f/M
;ª3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ a;]sf] /fli6«o;efsf] a}7sdf ;xefuLx¿ . tl:a/M gjLg kf}8]n÷/f;;
काठमाडौं । राष्ट्रियसभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो ।
संवैधानिक परिषद्को सदस्यसमेत राष्ट्रिय सभाका अध्यक्ष हुने संवैधानिक व्यवस्था भएकाले त्यहाँबाट हुने नियुक्तिलगायतका काममा अध्यक्षको प्रभावकारी भूमिका हुन्छ । सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेका छन् । शीर्ष नेताका बीचमा यसमा औपचारिक÷अनौपचारिक छलफल हुँदै आएको छ । सत्तारूढ गठबन्धनको बैठकमा समेत यसमा छलफल भए पनि तीनै दलका आआफ्नै दाबीका कारण सहमति जुट्न सकेको छैन ।
सुरुमा अनौपचारिक छलफलमा टुंगो लगाउने प्रयास भएको तर तीनै जना नेताले आ–आफ्नो दाबी नछोडेपछि औपचारिक बैठकमा समेत यसमा टुंगो लाग्न नसकेको कांग्रेसका एक पदाधिकारीले बताए । माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दलका साथै अन्य विभिन्न कारणले अध्यक्षमा माओवादीको दाबी हुनु स्वाभाविक भएको बताए । उनले सत्तारूढ दलका शीर्ष नेताका बीचमा हुने छलफलबाटै छिट्टै नै टुंगो लगाउने बताए ।
तर, कांग्रेस र एकीकृत समाजवादीले आफ्नो अडान छाडेका छैनन् । कांग्रेस सभापति देउवा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले पाउनुपर्ने अडानमा छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारूढ दलका बीचमा छलफल गरेरै अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्षको छिट्टै नै टुंगो लाग्ने बताउँदै आएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि २० फागुनबाट सकिँदै छ । त्यसलगत्तै सो पद रिक्त हुँदै छ । राष्ट्रियसभामा माओवादी केन्द्रका उपाध्यक्ष छन् । माओवादी केन्द्रकी नेतृसमेत रहेकी राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याललाई प्रधानमन्त्री प्रचण्डले अध्यक्ष बनाउन खोजेका बताइएको छ । कांग्रेसले कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीले डा बेदुराम भुसाललाई राष्ट्रिय सभा अध्यक्षमा अघि सारेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend