विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गर्दै सरकार विस्तारको तयारी समेत थालेका छन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।
सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।
सत्तारुढ कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।
सिटौला समूह र सरकार गठनका लागि पार्टी भित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।
माओवादीबाट दुई मन्त्री
नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ । उनी दोस्रो पटक निर्वाचित प्रदेश सांसद हुन् । माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरेको एक नेताले बताए ।
माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् । कार्की र बुर्जामगर सहभागी भए माओवादीका तीन मन्त्री हुनेछन् । मुख्यमन्त्री केदार कार्कीले यसअघि एक जना मात्रै मन्त्री नियुक्त गर्ने बताएका थिए । तर राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीलाई चित्त बुझाउन कार्की दुई वटा मन्त्रालय दिन तयार भएका हुन् ।
सत्तारुढ गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री बनेका केदार कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सार्दा कार्कीले डाक्टर शेखर कोइराला पक्षका ८ सांसदसँग मिलेर विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
यस्तै मुख्यमन्त्री बनेलगत्तै उनले एमालेका रामबहादुर राना मगर र शमशेर राईलाई पहिलो चरणमा मन्त्री बनाएका थिए । कार्की गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरियो । मुख्यमन्त्री कार्कीले १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जबेगुलाई मन्त्री बनाएका थिए । १८ कात्तिकमा एमालेले सरकार छाडेको थियो ।
सहमतीय सरकार बनाउने प्रयास सफल नभएपछि उनले पार्टी भित्रको दबाब छल्नका लागि निरन्तर सरकार विस्तारको भाका सारे । सरकार विस्तारमा अलमल गरेपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई सरकार विस्तारका लागि दबाब दिइरहेको छ ।
मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार लीलाबल्लभ घिमिरेले आजै सरकार विस्तारको तयारी भइरहेको बताए । ‘सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ’ उनले भने, ‘आज विस्तार गर्ने कुरा छ, आज नभए भोलि हुन्छ ।’
कुन मन्त्रालय कसलाई ?
सरकार विस्तार गर्ने तयारी गरेका मुख्यमन्त्री कार्कीले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय माओवादीलाई दिनेछन् ।
कांग्रेसले उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिनेछ । स्वास्थ्य मन्त्रालय जसपालाई दिने तयारी छ । जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएका कारण सो मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ ।
कोशी सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
त्यस्तै राई, उप्रेती र जबेगूले १७ मंसिरमा मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनीहरु विना विभागीय थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend