Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • डढेलोमा परी ४६ जनाको मृत्यु


    आइतबार, माघ २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चिलीमा डढेलोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

    अधिकारीहरूका अनुसार आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्। राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।

    भिना डेल मार सहरका मेयरले सहरका २ सय भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् । गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ । सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार