काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । ३७ वर्षअघि सरकारी स्वामित्वको उक्त जग्गा हडपेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् ।
त्यस्तै तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा कर्मचारीसहितको मिलेमतोमा किर्ते कागजपत्र बनाई हत्याएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको भन्दै चौधरीलाई सिआइबीले बिहीबार पक्राउ गरेको हो । चौधरीलाई पक्राउ गरेलगत्तै छालाजुत्ता कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापा र चौधरीका साझेदार सञ्जय ठाकुरलाई पनि सिआइबीले पक्राउ गरेको छ । चौधरीलाई लाजिम्पाट र थापालाई बत्तीसपुतलीबाट प्रहरीले पक्राउ गरेको हो । चौधरी र थापालाई बिहीबार नै अदालतमा उपस्थित गराइएकोमा चार दिन थुनामा राख्न अनुमति दिएको थियो।
यता बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा च्याम्पियन फुटवेयर स्थापना गरेको त्यहाँको १० रोपनी जग्गा च्याम्पियनकै नाममा ल्याएर चौधरी समूहले अहिले त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ । अनुसन्धान अधिकृतहरूसँग चौधरीले आफू च्याम्पियन फुटवेयरको लगानीकर्ता भएको बताएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूसँग अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । उनले भनेका छन्–‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।’
बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । सम्झौता अनुसार बाँसबारी छाला जुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्नुपर्ने भएपनि २६ लाख लगानी गरेको सिआईबीका एसएसपी दिनेश आचार्यले बताए ।
बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता गरेको थियो । सो बापत १२ लाख ५० हजार लगानी गरे पुग्नेमा २६ लाख लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । सो रकम १० रोपनी जग्गाको मूल्य बराबर २५ लाख र नगद १ लाख गरी २६ लाख लगानी गरेको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend