Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अनुमति


    बिहिबार, माघ १८ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

    यस्तै, न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    उनीहरु बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आजै पक्राउ गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार