Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्याे सुनको भाउ, तोलाको कति छ ?


    शुक्रबार, माघ १९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । स्थानीय बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ ।

    साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००–३००–१०० र ५०० रुपैयाँले बढेको थियो ।

    त्यसैगरी नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

    शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार