Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यमा नयाँ कीर्तिमान


    शुक्रबार, जेष्ठ २५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

    शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।

    यस अघि बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार