Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमानले चलाएको हाइसले ठक्कर दिँदा श्रीमतीको मृत्यु


    बिहिबार, माघ १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कञ्चनपुरमा श्रीमानले चलाएको हाइसको ठक्करबाट श्रीमतीको ज्यान गएको छ । बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो ।

    ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन् । उनीहरू दम्पती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार