काठमाडौं । सरकारी जग्गा ब्यक्तिका नाममा गर्नेहरु ललिता निवास प्रकरणपछि धमाधम अनुसन्धानको दायरामा आइरहेका छन् । यसैक्रममा बाँसबारी छालाजुत्ता कारखानाको महाप्रबन्धक हुँदा विनोद चौधरीलाई गैरकानुनी रुपमा १० रोपनी जग्गा दिने निर्णय गर्ने अजितनारायणसिंह थापा ८१ बर्षको उमेर पार गरी ८२ बर्ष लागे ।
थापाले २०४३ मा बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा चौधरीलाई दिंला ८२ बर्षको उमेरमा जेल जानुपर्ला, हातमा हत्कडी लाग्ला भनेर कल्पनासम्म पनि गरेका थिएनन् होला । तर पदको दुरुपयोग गरी सरकारी सम्पत्ति विनोद चौधरीलाई दिंदा उनी बृद्धावस्थामा जेलमा पुगेका छन् । आराम गर्नुपर्ने माघको महिनामा उनी सीआईबीको हिरासतमा छन् ।
पंचायतकालमा पटक–पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका नजिकैका भाइ पर्ने थापा कांग्रेसबाट एकपटक धनकुटाको सांसदका उम्मेदवार पनि भए । उनी विद्युत प्राधिकरणको कार्यकारी निर्देशक समेत भएका थिए । थापाले बाँसबारी छालाजुत्ताको नाममा रहेको उक्त मूल्यवान जग्गा तत्कालीन च्याम्पियन शू फ्याक्ट्रीको नाममा दिएका थिए । विनोद चौधरीले च्याम्पियन सूका नाममा उक्त जग्गा हत्याएका थिए ।
२०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कूल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको समाचार उकालो डटकमले २०७९ कात्तिक ५ गते प्रकाशित गरेको थियो । यस्तो निर्णय गर्दा जग्गा बिक्रीबाट कारखानाले ब्यहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो ।
जग्गा बिक्री गर्दा कारखानाले पैसा नलिई च्याम्पियन फुटवेयर लिमिटेडको १५ सय कित्ता सेयर, प्रतिसेयर १ हजार रुपैयाँका दरले पाउने निर्णय गरिएको थियो । यसरी सेयर दिने भनेर सरकारी जग्गा हचुवामा चौधरीलाई दिइएको थियो ।
तर चौधीले जुत्ता उद्योग नै नचलाई अति नै भब्य चाँदबाग स्कुल बनाए । जुन स्कुल काठमाडौंका महंगामध्येको ३–४ वटामा पर्दछ । यसरी जुत्ता उद्योगका नाममा विनोद चौधरीलाई जग्गा दिने निर्णय गर्ने थापा ८२ बर्षमा पक्राउ परी थुनामा परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend