काठमाडौं । सरकारी जग्गा ब्यक्तिका नाममा गर्नेहरु ललिता निवास प्रकरणपछि धमाधम अनुसन्धानको दायरामा आइरहेका छन् । यसैक्रममा बाँसबारी छालाजुत्ता कारखानाको महाप्रबन्धक हुँदा विनोद चौधरीलाई गैरकानुनी रुपमा १० रोपनी जग्गा दिने निर्णय गर्ने अजितनारायणसिंह थापा ८१ बर्षको उमेर पार गरी ८२ बर्ष लागे ।
थापाले २०४३ मा बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा चौधरीलाई दिंला ८२ बर्षको उमेरमा जेल जानुपर्ला, हातमा हत्कडी लाग्ला भनेर कल्पनासम्म पनि गरेका थिएनन् होला । तर पदको दुरुपयोग गरी सरकारी सम्पत्ति विनोद चौधरीलाई दिंदा उनी बृद्धावस्थामा जेलमा पुगेका छन् । आराम गर्नुपर्ने माघको महिनामा उनी सीआईबीको हिरासतमा छन् ।
पंचायतकालमा पटक–पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका नजिकैका भाइ पर्ने थापा कांग्रेसबाट एकपटक धनकुटाको सांसदका उम्मेदवार पनि भए । उनी विद्युत प्राधिकरणको कार्यकारी निर्देशक समेत भएका थिए । थापाले बाँसबारी छालाजुत्ताको नाममा रहेको उक्त मूल्यवान जग्गा तत्कालीन च्याम्पियन शू फ्याक्ट्रीको नाममा दिएका थिए । विनोद चौधरीले च्याम्पियन सूका नाममा उक्त जग्गा हत्याएका थिए ।
२०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कूल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको समाचार उकालो डटकमले २०७९ कात्तिक ५ गते प्रकाशित गरेको थियो । यस्तो निर्णय गर्दा जग्गा बिक्रीबाट कारखानाले ब्यहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो ।
जग्गा बिक्री गर्दा कारखानाले पैसा नलिई च्याम्पियन फुटवेयर लिमिटेडको १५ सय कित्ता सेयर, प्रतिसेयर १ हजार रुपैयाँका दरले पाउने निर्णय गरिएको थियो । यसरी सेयर दिने भनेर सरकारी जग्गा हचुवामा चौधरीलाई दिइएको थियो ।
तर चौधीले जुत्ता उद्योग नै नचलाई अति नै भब्य चाँदबाग स्कुल बनाए । जुन स्कुल काठमाडौंका महंगामध्येको ३–४ वटामा पर्दछ । यसरी जुत्ता उद्योगका नाममा विनोद चौधरीलाई जग्गा दिने निर्णय गर्ने थापा ८२ बर्षमा पक्राउ परी थुनामा परेका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend