रुषा थापा
नेपाली जनताले मुलुकको राजनीतिक परिवर्तनका लागि २००७ सालमा आन्दोलन गरे । त्यस्तै, ०४६ र ०६२–०६३ सालमा पनि आन्दोलन गरे । आन्दोलनमा होमिएका सयौं शहीद भए, हजारौं घाइते भए । तर, जनताको आन्दोलनको बलका कारण मुलुकमा राजनीतिक परिवर्तन भयो ।
राजनीतिक परिवर्तनसँगै सरकारी कर्मचारीहरुले घुस खाने, भ्रष्टाचार गर्ने तथा अनियमितताका घटना ह्वात्तै बढे । दण्डहीनताका कारण भ्रष्टाचार मौलाउँदै गयो । मुलुकलाई आर्थिक मन्दीमा लगेर टाट पल्टाउने र जनताको काम छिटोछरितो नगरी दुःख, हैरानी दिने सरकारी कर्मचारी नै हो । अब जनताले फेरि पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।
तर, राजनीतिक परिवर्तनका लागि होइन, यी भ्रष्ट, घुस्याहा कर्मचारीहरुको विरोधमा आन्दोलन गर्नुपर्छ । कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ । र, गैरकानूनी रुपमा आयआर्जन गरिएका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । भ्रष्ट, घुस्याहा कर्मचारीहरुलाई अब कानूनको दायरामा ल्याउनैपर्छ ।
सरकारी कर्मचारीहरुले न त घुस खान छोडेका छन् न त जनताको काम नै छिटोछरितो गरिदिन्छन् । उनीहरु जनतासँग मिठो बोलीबचन समेत गर्दैनन् । वडादेखि सिंहदरबारसम्म सरकारी कर्मचारीहरु ११ बजेसम्म कार्यालयमा देखिंदैनन् ।
फेरि यस्ता भ्रष्टाचारी कर्मचारीहरुका लागि सरकारले जनताले तिरेको करबाट तीन लाखदेखि २५ करोडसम्मको गाडी उपलब्ध गराएको छ । गाडीसँगै ड्राइभर र पेट्रोल पनि त दिनु परिहाल्यो । कार्यालयमा भएको सामान चोरेर घर लैजान्छन् । अनि नयाँ सामान खरिद गर्दा कमिसन खान्छन् ।
यता, गाडीमा पेट्रोल २० लिटर लागेकोमा सय लिटरको बिल बनाउँछन् । आफन्त, घरपरिवारलाई त्यँही गाडी चलाउन सिकाउँछन् । अनि ठोक्किएर पनि फेरि जनताकै करबाट बनाउँछन् । तर, त्यसमा पनि भ्रष्टाचार गरिन्छ । सरकारी गाडी सार्वजनिक बिदाको दिन चलाउन पाइँदैन ।
यहाँ पनि कर्मचारीहरु सरकारी गाडी नै लिएर घरपरिवार गुमाउन जान्छन् । तरकारी बजारदेखि बालबच्चालाई विद्यालय पुप्याउन समेत कर्मचारीहरु सरकारी गाडी नै प्रयोग गर्छन् । जुन गैरकानूनी समेत हो । अहिले सर्वसाधारण भन्छन्, ‘देश यो हालतमा पुप्याउने कर्मचारी नै हुन् । यिनीहरु राष्ट्रको सेवक होइनन् । दलाली, भ्रष्टाचारी र घुस्याहा हुन् ।’
जनताले तिरेको कर ७५ प्रतिशत सरकारी कर्मचारीलाई तलबभत्ता, पेन्सन र सेवासुविधा उपलब्ध गराउँदा सकिन्छ । बाँकी २५ प्रतिशत जनप्रतिनिधिहरुलाई तलबभत्ता र सेवासुविधा उपलब्ध गराउँदा ठिक्क हुन्छ । अझ कहिले पनि त्यसले पनि पुग्दैन ।
नेपाल विदेशी ऋणमा डुबिसकेको छ । मुलुक नै धितो राखेर २७ खर्ब ऋण लिइएको छ । यो ऋणको साँबाब्याज तिर्न सरकारसँग आम्दानीको स्रोत छैन । अब सरकारले कसरी यो ऋण तिर्छ ? कसरी देश विकास गर्छ ? कसरी कर्मचारीलाई तलबभत्ता खुवाउँछ ? र, ज्येष्ठ नागरिकलाई कहाँबाट भत्ता खुवाउँछ ?
जनताले तिरेको करबाट सरकारी खर्च धान्दैन । अब आम सर्वसाधारणले घुूस्याहा र सेटिङ गर्ने कर्मचारीको विरोध गर्नैपर्छ । मुलुकलाई यो अवस्थामा पुप्याउने कर्मचारीहरुलाई हटाउन जनताले सडक आन्दोलन चर्काउनैपर्छ । कर्मचारीहरुले जागिर खाएको वर्ष दिनमै राजधानी वा जिल्लाको सदरमुकाममा जग्गा किनेर घर बनाउँछन् ।
आफ्नो छोराछोरी महंगो निजी विद्यालयमा पढाउँछन् । र, घरमा पनि मिठो–मिठो खानेकुरा खान्छन् । जनता आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा समेत पढाउन सकिरहेका छैनन् । पेटभरी खुवाउन सक्दैनन् । नयाँ कपडा कस्तो हुन्छ भनेर उनीहरुलाई थाहा समेत छैन । हिजो मुलुकको राजनीतिक परिवर्तनका लागि जनता शहिद भए ।
अहिले जनताले नै कर तिर्नुपरिरहेको छ । तर, त्यो करमा मोजमस्ती चाँहि कर्मचारीहरु गर्ने । अब सरकारले कर्मचारीको तलबभत्ता र सेवासुविधा कटौती गर्नुपर्छ । जनप्रतिनिधिहरुको पनि तलबभत्ता र सेवासुविधा कटौती गर्नुपर्छ । होइन भने नेपाल रहदैंन । कर्मचारीहरुले देश बेचेर खानेछन् ।
सरकार कर्मचारीलाई तलबभत्ता खुवाउन विदेशीसँग ऋण लिएको लियै छ । कर्मचारीहरु तलबभत्ता र सेवासुविधा चाँहि लिन्छन् । तर, जनताको काम भने गर्दैनन् । न त घुस खान नै छोड्छन् । त्यसकारण अब सरकारले यस्ता भ्रष्ट, घुस्याहा कर्मचारीहरुलाई कान्ुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । मालपोतका सुबासँग अरबौं सम्पत्ति कहाँबाट आयो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले खोजीनीति गर्नुपर्छ ।
यिनीहरुलाई तत्काल सेवाबाट हटाउनुपर्छ । कि त तलबभत्ता र सेवासुविधा कटौती गर्नुपर्छ । विकसित मुलुकमा सरकारी कर्मचारीलाई मासिक रुपमा तलब दिइँदैन । त्यहाँ कर्मचारीलाई न त भत्ता दिइन्छ न कुनै प्रकारको सेवासुविधा । घण्टाको हिसाबमा तलब उपलब्ध गराइन्छ ।
तापनि त्यहाँ कर्मचारीहरु इमान्दारिताका साथ आफ्नो काम गर्छन् । आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्छन् । आफ्नो देश र देशका जनताको हितका लागि काम गर्छन् । तर, हाम्रो देशमा यसको ठिक विपरीत छ । लोकसेवा पास गरेपछि ३० बर्षसम्म कर्मचारीहरु आफूहरु सम्राट नै सोचेर जनतालाई दुःख दिएर घुस असुल्ने र देशको बजेट दोहन गरी अमेरिका, अष्ट्रेलियामा सम्पत्ति थुपार्ने होडमा छन् । सन्तान अमेरिका र अष्ट्रेलियामा भएकाले यो देशका उपसचिवदेखि माथिका सबै कर्मचारीहरुले नेपालमा भ्रष्टाचार गरेको सम्पत्ति अमेरिकामा लैजाने गरेका छन् ।
सरकारले कर्मचारीहरुलाई भरपूर सेवासुविधा र तलबभत्ता उपलब्ध गराएको छ । विडम्बना कर्मचारीहरु न जनताको काम गर्छन् न त घुस खान वा भ्रष्टाचार गर्न नै छोड्छन् । वर्षैपिच्छे सरकारले कर्मचारीको तलब समेत बढाउँछ । यद्यपि, कर्मचारीहरुबाट जनताको काम भने कहिल्यै छिटोछरितो हुन्न ।
त्यसकारण अब नेपाल सरकारले कर्मचारीलाई मासिक रुपमा तलब दिनुहुन्न । घण्टाको हिसाबले तलब दिने व्यवस्था मिलाउनुपर्छ । सँगै पेन्सन दिनुपर्छ । र, कुनै पनि प्रकारको सेवासुविधा उपलब्ध गराउनुहुदैंन । कर्मचारीहरु देश र जनताको लागि विषालु सर्प बनेका छन् ।
राजनीतिक दलको सदस्यता लिने, घुस खाने, जनताको काम छिटो छरितो नगर्ने र कहिल्यै राम्रो बोलीवचन नगर्ने दलाली, घुसिया र भ्रष्टाचारी नै सरकारी कर्मचारी हुन् । अनि यस्ताबाट देश बन्छ भनेर आशा गर्नु लज्जास्पद छ । अब पनि सरकारले कर्मचारीको तलबभत्ता र सेवा सुविधा कटौती नगरे भोलि नेपाल नै विश्वसामु नरहने अवस्थामा पुग्नेछ ।
किनकि कर्मचारीलाई तलबभत्ता खुवाउन जनताले तिरेको कर अपुग छ । यता, विदेशी ऋणले मुलुक च्यापिसकेको छ । सरकारसँग विदेशी ऋण तिर्नसक्ने क्षमता छैन । अनि, अझै पनि सरकारले कर्मचारीलाई विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाउँछ भनेर सोचेमा भोलि नेपाल नै विदेशीको कब्जामा रहनेछ ।
तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशीले अनुदान वा ऋण नदिए सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउन नसकिने खुलेर बताएका थिए । यो वर्षको दशैंमा पनि सरकारले विदेशीसँग ऋण लिएर नै कर्मचारीलाई तलबभत्ता र पेस्की बाँडेको पनि सबैलाई थाहा छ ।
सरकारी कर्मचारीहरुमध्ये कतिपय कार्यालयको छतमा घाम तापेर बसिरहेका भेटिन्छन् । कोही कोठाभित्र हिटर तापेर बसिरहेका हुन्छन् । कोही कार्यालयकै फोनमा आफन्तसँग कुरा गर्न व्यस्त हुन्छन् । राजधानीको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीहरु कार्यालयको छत वा चौरमा घाम तापेर बसिरहेको देखिन्छन् । सायद, उनीहरु दिनभरमा एक घण्टा पनि काम गर्दैनन् । तर, तलब पनि महिना महिनामा लिन्छन् । हरेक सरकारी कार्यालयमा यही अवस्था छ ।
कर्मचारहरु काम गर्नु नपरोस् भनेर विभिन्न बहाना बनाउँछन् । के–कसरी घुस खाने र भ्रष्टाचार गर्ने ? भनेर सोच्नमा उनीहरु मग्न हुन्छन् । कोही त कार्यालयमा भएको सामान कसरी चोर्ने ? भनेर समेत सोचिरहेका हुन्छन् । जनता भन्छन्, ‘कर्मचारीहरु लोभी छन् । र, काम गर्न अल्छी गर्छन् ।’
राजनीतिक आड वा भन्सुन गरेर उनीहरुले जागिर खाएको सर्वसाधारणको आरोप छ । सरकारी सेवामा कार्यरत कर्मचारीको तलब मासिक २९ हजारदेखि लाखसम्म छ । सेवासुविधा त छुट्टै छ । यता, फेरि घुस खाने वा भ्रष्टाचार नै कुरा पनि भिन्दै छ ।
सरकारले उनीहरुलाई हटाएर नयाँ व्यक्तिलाई ल्याएमा हाल कर्मचारीलाई दिएकोभन्दा आधा तलब र बिना सेवासुविधामा उनीहरुले काम गर्नेछन् । हाल सरकारी कर्मचारीमा कार्यरत सबै कर्मचारीलाई सरकारले बर्खास्त गर्नुपर्छ । किनकि यी कर्मचारीबाट न त जनताले छिटोछरितो रुपमा सेवा पाउँछन् न त देश विकास नै हुन्छ ।
मुलुकमा राजनीतिक परिवर्तन भयो । व्यवस्था परिवर्चन भयो । तर, कर्मचारीहरुले न त घुस खान छोडे न त जनताको काम नै छिटोछरितो गर्न सिके । उल्टै मुलुकलाई आर्थिक भार थप्दै आज यो अवस्थामा पुप्याए । यस्ता भ्रष्टाचार, दलाली कर्मचारीबाट पनि के देश विकास हुन्छ ? कसरी जनताले सेवासुविधा पाउँछन् ? अब सरकारले उनीहरुलाई हटाउनैपर्छ । नत्र आम सर्वसाधारणमा सडकमा उत्र्रिनेछन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend