हेटौँडा । राष्ट्रिय युवासंघ मकवानपुर आयोजक समितिको सहसंयोजक बनेका युवाले हेटौँडा बजारमा दादागिरी देखाएका छन् ।
जिल्लामा पहिलो पार्टीको रुपमा रहेको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अधिवेशन आयोजक समिति सहसंयोजक सविन लामासहितको टोलीले मादक पदार्थ सेवन गर्दै होटल सञ्चालकलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेपछि पक्राउ परेका छन् ।
हेटौँडा–१ स्थित रुम्बाज् होटलमा मादक पदार्थ सेवन गरेर सबिनका साथी मिलन लामाले मनपरी बोलेसँगै झगडा बढेको हो । होटलमा लफडा परेसँगै मिलनले राष्ट्रिय युवासंघका सहसंयोजक रहेका लामालाई बाउन्सरका रुपमा उभ्याएपछि झगडाले ठूलो रुप लिएको स्थानीयले बताए । पछिल्लो समय सामाजिक रुपमा उभिँदै आएको राष्ट्रिय युवासंघ फेरि गुण्डाराजको सन्देश दिने प्रयत्नमा उत्रिएको स्थानीयको गुनासो छ ।
बाहिरबाट केटा बोलाएर होटल सञ्चालक रोशन तामाङमाथि सांघातिक आक्रमण भएको थियो । घाइते तामाङको मकवानपुर सहकारी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार राति घटना भएपछि सविन र मिलनलाई शुक्रबार बिहान २ बजे नियन्त्रणमा लिइएको थियो । शुक्रवार घटनाबारे बुझ्दाबुझ्दै म्यादथप गर्ने समय नमिलेर शनिबार अदालत बन्द रहेकाले आइतबार म्यादथप गरी घटनाबारे अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।
स्रोतका अनुसार युवासंघका जिल्ला तथा पार्टीका नेता घटनालाई सामसुम पार्ने तयारी गरिरहेको बताइएको छ । प्रहरीलाई समेत प्रलोभनमा पारेर घटनालाई दोहोरो झडपको संज्ञा दिन खोजिएको बताइएको छ । आइसियुमा भर्ना हुनेगरी कुटपिट भएको घटना मिलाउने काममा पार्टीसहित युवासंघको टोलीले परिवारलाई समेत दबाब दिइरहेको बताइएको छ ।
लामो समयसम्म राष्ट्रिय युवा संघको अधिवेशन नभएपछि केन्द्रीय नेतृत्वको दबाबमा जिल्ला आयोजक समिति माघ १० गते मात्र गठन गरिएको थियो । सहसंयोजक बनेको २ दिन नबित्दै सबिन आक्रमणमा उत्रिएका हुन् । यसअघि उनी चेक बाउन्ससहित विभिन्न मुद्दामा पक्राउ परी छुट्दै आएका व्यक्ति हुन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend