Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ


    शुक्रबार, माघ १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनारलाई ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटबाट हिजो पक्राउ गरेको हो।

    बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो।

    बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु अझै फरार छन्। उनीहरुविरुद्ध बागलुङ जिल्ला अदाललतले जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार