Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दीमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


    शुक्रबार, माघ १२ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको मृत्यु भएको हो ।

    युवाहरुबीच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुई जना घाइते छन् । उनीहरुको बेनीमै उपचार भइरहेको प्रहरीले बताएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार