काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा आज (सोमबार) सुरु भएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भइसकेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरमा पूजा अर्चना गरेका छन् । मोदी आजको कार्यक्रममा मुख्य अतिथि हुन् । कार्यक्रममा मोदीको अलवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत पन सहभागी छन् । भारतीय कांग्रेसले भने कार्यक्रममा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।
भारतीय जनता पार्टीले राजनीतिक कार्यक्रमको रूपमा प्राणप्रतिष्ठा आयोजना गरेको भन्दै कांग्रेसले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।
मुख्य पूजा गर्भगृहमा हुने जनाइएको छ । स्थानीय समयअनुसार अपराह्न १२ः२९ बजेबाट मुख्य पूजा सुरु गरिएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुनको लागि देश विदेशबाट सात हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको थियो ।
सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवनलगायत गायक गायिकाले भजन गाएर कार्यक्रमको सुरुआत गरिएको थियो । त्यसपछि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरका बारेमा जानकारी गराएका थिए ।
मन्दिरमा राखिएको रामको मूर्ति कर्नाटकबाट ल्याइएको एक ढुंगाबाट बनाइएको जानकारी चम्पत रायले दिए । मूर्ति बनाउनको लागि नेपालको कालीगण्डकीबाट पनि दुई वटा ठूला ढुंगा लगिएको थियो । तर, विभिन्न कारण देखाई नेपालबाट लगिएका ढुंगाबाट मूर्ति बनाइएन ।
मन्दिरमा राखिएको रामको मूर्ति मैसुरका अरुण योगीराजले बनाएका हुन् । कार्यक्रममा अहिले अमिताभ बच्चन, रजनीकान्त, सचिन तेन्दुलकर, मुकेश अम्बानी, नीता अम्बानी उपस्थित भइसकेका छन् ।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend