Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा


    सोमबार, माघ ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा आज (सोमबार) सुरु भएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भइसकेका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरमा पूजा अर्चना गरेका छन् । मोदी आजको कार्यक्रममा मुख्य अतिथि हुन् । कार्यक्रममा मोदीको अलवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत पन सहभागी छन् । भारतीय कांग्रेसले भने कार्यक्रममा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।

    भारतीय जनता पार्टीले राजनीतिक कार्यक्रमको रूपमा प्राणप्रतिष्ठा आयोजना गरेको भन्दै कांग्रेसले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।

    मुख्य पूजा गर्भगृहमा हुने जनाइएको छ । स्थानीय समयअनुसार अपराह्न १२ः२९ बजेबाट मुख्य पूजा सुरु गरिएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुनको लागि देश विदेशबाट सात हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको थियो ।

    सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवनलगायत गायक गायिकाले भजन गाएर कार्यक्रमको सुरुआत गरिएको थियो । त्यसपछि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरका बारेमा जानकारी गराएका थिए ।

    मन्दिरमा राखिएको रामको मूर्ति कर्नाटकबाट ल्याइएको एक ढुंगाबाट बनाइएको जानकारी चम्पत रायले दिए । मूर्ति बनाउनको लागि नेपालको कालीगण्डकीबाट पनि दुई वटा ठूला ढुंगा लगिएको थियो । तर, विभिन्न कारण देखाई नेपालबाट लगिएका ढुंगाबाट मूर्ति बनाइएन ।

    मन्दिरमा राखिएको रामको मूर्ति मैसुरका अरुण योगीराजले बनाएका हुन् । कार्यक्रममा अहिले अमिताभ बच्चन, रजनीकान्त, सचिन तेन्दुलकर, मुकेश अम्बानी, नीता अम्बानी उपस्थित भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार