Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर


    सोमबार, माघ ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल कामकाज नगर्न/नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

    आइतबार उच्च अदालतका न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनकाे नियुक्ति तत्कालका लागि रोकेर उनलाई उक्त कार्यको जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

    लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको योग्यता र मापदण्ड नपुगेको भन्दै पुस २६ मा पुनविरुद्ध उच्च अदालत पाटनमा भरत मरासिनीले रिट निवेदन दर्ता गरेका थिए।

    गत पुस ४ गते पुन पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्त भएकी थिइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार