काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाले पशुपति गौशाला धर्मशाला खाली गराउन खोज्दा सरकारले नै रोकेको छ ।
कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला कब्जा गरी मासिक २० लाख भाडा उठाएर ब्रम्हलुट गर्दैआएकोे मारवाडी सेवा समिति जिल्ला अदालत काठमाडौैंको आदेश बिरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनमा जाने भएको छ । समितिका एक पदाधिकारीका अनुसार जिल्ला अदालतको आदेशबिरुद्ध अन्तरिम आदेश माग गर्दै रिट दर्ता हुने छ ।
समितिले बिहीबार(आजै) उच्च अदालत पाटनमा कोष र काठमाडौं महानगरपालिकाको धर्मशाला खाली गराउने अभियान रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्ने भएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशपछि कोष र महानगरपालिकाले धर्मशाला खाली गराउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली नै मारवाडी सेवा समितिकै पक्षमा देखिएका छन् । र, धर्मशाला खाली गराउने महानगरपालिकाकोह अभियान रोकेका छन् । प्रधानमन्त्री ओलीकै निर्देशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले धर्मशाला खाली गराउन रोक्न निर्देशन दिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जिल्ला अदालत काठमाडौंको आदेशपछि धर्मशाला खाली गराउने अभियानमा लागिरहेका छन् । बुधबार धर्मशाला खाली गराउन लगिएको महानगरको डोजर प्रहरी लगाएर सरकारले कब्जा गरेको छ ।
मारवाडी सेवा समितिले ठूला मिडियामा धर्मशालाको करिब ९ रोपनी जग्गाको मोही भएको प्रयोजित प्रचार गराए । तर पत्रकार प्रकृति अधिकारीले उक्त जग्गाको मोही मारवाडी सेवा समिति नभएको तथ्य उजागर गरिदिएका छन् । तत्कालीन श्री ३ राणा प्रधानमन्त्रीले पशुपति धर्मशाला गौशाला उदघाटन गरेको गोरखापत्रमा वि.स. १९९९ साल बैशाख २६ गते प्रकाशित समाचार नै सामाजिक संजाल फेसबुकमा राखेर मारवाडी सेवा समितिको भ्रमपूर्ण प्रचारको पर्दाफास गरिदिएका छन् ।
पत्रकार अधिकारीले गोरखापत्रमा छापिएको समाचारको प्रति नै राखेर मेयर बालेन साहलाई गौशाला धर्मशालाको जग्गाको मोही मारवाडी समिति नभएको तथ्य हेर्न अनुरोध गर्दै लेखेका छन्–प्रिय बालेन, १९९९ सालमा पशुपतिको गौशाला उदघाटन भएको थियो । त्यहाँ कसैलाई पनि धर्मशाला बनाउने र भाडा दिने उद्देश्य थिएन । बीचमा आँखा गाड्नेहरुले कमाउको साधन बनाए । धन्धा बनाए । त्यहाँ धर्मशाला निःशुल्कमा व्यवस्था गर्नुहोला । एक व्यक्तिलाई बढीमा दुई वा तीन दिनसम्म मात्र धर्मशालामा बस्न पाउने व्यवस्था गर्नुहोला । गाईपालन कामपा र कोषले गर्नुपर्छ । पशुपतिनाथको आम्दानी अथाह छ । त्यसबाट गाई पालिनुपर्यो । व्यापारीलाई प्रवेश गर्न नदिनू, सारा हिन्दूको माग यही हो ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend