Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु


    सोमबार, माघ ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँमा मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक पल्टिँदा उनीहरूकाे मृत्युु भएको
    हाे ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । आज बिहान चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको हाे । प्

    मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार