Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपुरमा कोदालो प्रहार गरी गर्भवतीको हत्या


    आइतबार, माघ ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले कोदालो र खुर्पा प्रहार गरेर गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

    प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।

    हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार