Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाले राजा देखाएर राजनीति गरेको दुर्गा प्रसाईँकाे आरोप


    शनिबार, माघ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले राप्रपाले राजा देखाएर राजनीति गरेको आराेप लगाएका छन् । हेटौँडामा भएको नागरिक सभालाई सम्बोधन गर्दै प्रसाईँले राप्रपाले राजा देखाएर राजनीति मात्र गरेको आरोप लगाएका हुन् ।

    उनले भने,’राजा भनेको बाघ हो, राप्रपाले राजा ल्याइदिन्छ, हिन्दु राज्य ल्याइदिन्छ भनेर आश नगर्नुस्, म राजा देखाएर हिन्दु धर्म देखाएर सत्तामा जाने मान्छे हैन ।’

    उनले राप्रपालाई ‘राजवादी हुँ’ भन्दै हिँडेर नाटक नगर्न अनुरोध गरे । राप्रपा र एमालेसँग निकै आक्रामक देखिएका प्रसाईँले एमालेले गाउँ गाउँ लघुवित्त छिराएर हरेक नागरिकलाई रुने बनाएको आराेप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार